काठमाडाैं । अमेरिकाले अध्यागमन कानून उल्लंघन गरेको आरोपमा फेरि ८० जना नेपाली नागरिकलाई स्वदेश फिर्ता गरेको छ। मंगलबार चाटर्ड विमानमार्फत काठमाण्डौ ल्याइएका उनीहरूलाई आवश्यक प्रक्रिया पूरा गरेपछि परिवारको जिम्मा लगाइएको छ।
अध्यागमन विभागका अनुसार डिपोर्ट गरिएका व्यक्तिहरूमध्ये ७९ जना पुरुष र एक महिला छन्। उनीहरूमा कागजात नपुगेका, भिसाको म्याद सकिएपछि पनि बसोबास गरेका तथा अन्य अध्यागमन नियम उल्लंघन गरेको पुष्टि भएको जनाइएको छ।
नेपाल आइपुगेपछि सबैलाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा पठाइएको थियो । ब्युरोले प्रारम्भिक सोधपुछ गर्दै कसैलाई गैरकानुनी रूपमा अमेरिका पठाउने गिरोह सक्रिय भए/नभएको विषयमा जानकारी संकलन गरेको छ। यदि कसैको मानव तस्करीसँग सम्बन्धित अनुभव भए उजुरी दिन आग्रह गरिएको ब्युरोले जनाएको छ।
Artha Sanjal






