बङ्गलादेशको आम निर्वाचनमा दुई हजार उम्मेदवारी दर्ता

आगामी फब्रुअरी–१२ का लागि तय गरिएको बङ्गलादेशको १३ औँ आम चुनावका लागि दुई हजार उम्मेदवारले चुनाव लड्ने तयारी गरेको बङ्गलादेशको निर्वाचन आयोगले जनाएको छ ।

आयोगले मङ्गलबार उम्मेदवारी दर्ता, छानविन, अपिल, फिर्ता र उम्मेदवारको सूची अन्तिम रूप दिए पछि अद्यावधिक तथ्याङ्क जारी गरेको जनाएको छ ।

बङ्गला देशका ३०० निर्वाचन क्षेत्रहरू मध्ये २९८ मा एक हजार ९६७ लड्ने तथारी गरेको उल्लेख गर्दै बाँकी दुई निर्वाचन क्षेत्रबाट उम्मेदवारको सूची तयार भएपछि यो सङ्ख्या अझै बढ्ने अनुमान आयोगले गरेको छ ।

सीमाको विषयलाई लिएर कानुनी विवाद भएका कारण दुई निर्वाचन क्षेत्रहरूमा उम्मेदवारी फिर्ता लिने समयसीमा जनवरी–२६ सम्म बढाइएको थियो ।

यस अघि फेब्रुअरी– १२ मा हुन लागेको निर्वाचनमा भाग लिन करिब तीन हजार नामाङ्कन पत्र सङ्कलन गरिएको जनाइएको छ ।

गत महिना आयोगले पूर्व प्रधानमन्त्री शेख हसिनाले सन् २०२४ अगस्ट मा राजीनामा दिएर देश छोडे पछि पहिलो पटक आम चुनावका लागि १२ करोड ७० लाख भन्दा बढी मतदाताले नामावली दर्ता गरेको बताएको थियो । रासस

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *