चुनावको लागि नेताहरुको बीचमा तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न मिल्दैन : रवीन्द्र मिश्र

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका उपाध्यक्ष रवीन्द्र मिश्रले चुनावको लागि नेताहरुको बीचमा चुनावी तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न नमिल्ने बताएका छन् ।

मंगलबार आफ्नो मनोनयन दर्ता गरेपश्चात उनले चुनावको लागि अझै समय बाँकी रहेको भन्दै त्यो बीचमा चुनावी तालमेल भयो भने त्यसलाई गठबन्धन भन्न नमिल्ने बताए ।

उनले भने, ‘अहिले कुनै गठबन्धन गर्ने योजना छैन । चुनावको लागि अझै समय बाँकी छ । त्यो बीचमा नेताहरुको बीचमा चुनावी तालमेल भयो भने त्यसलाई तपाईले गठबन्धन भन्न मिल्दैन ।’

यस्तै, उनले कसैको अनुहार हेरेर होइन, उम्मेदवारको पृष्ठभूमि हेरेर भोट दिने बताए । उनले भने, ‘पत्याउने भनेको तपाईंले अहिले मेरो मुख हेरेर मात्र होइन, पत्याउने भनेको उम्मेदवारको पृष्ठभूमि हेरेर हो । हरेकले म सबैभन्दा राम्रो भनेर नै निर्वाचनमा जाने हो त्यो कारण मैले पनि त्यो भन्नु नयाँ कुरा होइन ।’

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *