बागमतीमा ६ सांसद पद रिक्त

हेटौँडा । बागमती प्रदेश सभाका ६ जना सांसदहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा सचिवालयले आज एक सूचनापत्र जारी गर्दै उनीहरूको राजीनामा माघ ५ गतेदेखि लागू हुने जनाएको छ।

राजीनामा दिनेहरुमा कुन्दन राज काफ्ले, सुनिल केसी, युवराज दुलाल, वसन्त प्रसाद मानन्धर, अमन कुमार मास्के र प्रकाश श्रेष्ठ रहेका छन् ।

प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन उनीहरुले राजीनामा दिएका हुन् ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *