नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले १० वटा शाखा गाभ्ने, वैशाख १ देखि एकीकृत काराेबार

काठमाडौं। नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १० वटा शाखा गाभ्ने भएको छ। राष्ट्र बैंकको निर्देशनअनुसार बैंकले २०८३ वैशाख १ देखि ती शाखालाई नजिकैका अन्य शाखामा गाभेर एकीकृत कारोबार गर्ने सूचना निकालेको हो।

बैंकका अनुसार बागमती, मधेस, कोसी र गण्डकी प्रदेशअन्तर्गतका केही शाखा आपसमा समायोजन गरी कारोबार सञ्चालन गरिनेछ।

बागमती प्रदेशमा बागबजार शाखा पुतलीसडक शाखामा, गौशला शाखा बत्तीसपुतली शाखामा, कपुरधारामा रहेको ठमेल शाखा, पाटन शाखा लगनखेल शाखामा तथा कुलेश्वर शाखा कालीमाटी शाखामा गाभिनेछ।

यसैगरी भरतपुर महानगर–१ मा रहेको नारायणगढ शाखालाई वडा–३ मा समायोजन गरिने बैंकले जनाएको छ।

मधेसतर्फ वीरगञ्ज महानगर–६ मा रहेको शाखा वडा–१० मा स्थानान्तरण हुनेछ भने कोसीमा विराटनगर महानगर वडा–८ को शाखा वडा–७ मा गाभिनेछ।

गण्डकीमा पोखरा महानगर वडा–१३ मा रहेको बझापाटन शाखा वडा–१० मा रहेको अमरसिंह शाखामा समायोजन गरिनेछ। त्यस्तै पोखरा महानगर वडा–२६ मा रहेको लेखनाथ शाखा वडा–२७ स्थित तालचोक शाखामा गाभिने बैंकको सूचनामा उल्लेख छ।

616720722_122275908596229956_7107303838639050506_n-1768871091.jpg

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *