उनले आफू यसपटकको चुनावी दौडबाट बाहिर रहने र जनताको पक्षमा उभिएर प्रश्न सोध्ने भूमिकामा रहने जानकारी दिएकी हुन्।
‘म चाहन्थेँ भने कुनै अमुक दलको जिम्मेवार पद अथवा कुनै निर्वाचन क्षेत्रमा गएर चुनाव लड्न सक्थेँ,’श्रेष्ठले भनेकी छन्, ‘तर, त्यो गर्नु भनेको मैले मेरो आदर्श गुमाउनु हो जस्तो लाग्यो। त्यो मबाट हुँदैन।’
आफूलाई चुनाव लड्न आग्रह गर्दै फोन र इमेल गर्ने शुभचिन्तकहरूप्रति आभार व्यक्त गर्दै उनले क्षमा समेत मागेकी छन्।
उनले भनिन्, ‘यस पटकको निर्वाचनमा म ‘नेताजी’ भएर होइन, जनता भएर रहन चाहन्छु र जनतासँगै बसेर देशको सेवा गर्न चाहन्छु।’
Artha Sanjal






