सुनको मूल्य तोलामा ४ हजार २०० रुपैयाँले बढ्यो

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ४ हजार २०० रुपैयाँले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८२ हजार रुपैयाँ कायम भएको छ । आईतबार सुनको मूल्य प्रतितोला २ लाख ७७ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

यस दिन चाँदीको मूल्य भने तोलामा १८५ रुपैयाँ बढेर नयाँ रेकर्ड बनाएको छ । आजको बजारमा चाँदी तोला ५ हजार ८१० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । आईतबार चाँदी प्रतिताला ५ हजार ६२५ रुपैयाँमा खरिद भएको थियो ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *