लघुवित्तलाई हकप्रद सेयरमा बाटो खुला, पुनर्तालिकीरणमा सहज नीति

काठमाडौं। नेपाल राष्ट्र बैंकले लघु वित्त वित्तीय संस्थाहरुलाई हकप्रद सेयरको बाटो खुला गरेको छ। केन्द्रीय बैंकले लघुवित्त वित्तीय संस्थाहरुका लागि नयाँ एकिकृत निर्देशन जारी गर्दै उक्त व्यवस्था गरेको हो।

लघुवित्तहरुले लामो समयदेखि पुँजी वृद्धिका लागि हकप्रदको माग गर्दै आएका थिए। जसको सम्बोधन राष्ट्र बैंकले चालु वर्षको मौद्रिक नीतिमार्फत् गरेको थियो। तर, त्यसको कार्यन्वयनका लागि भने सम्बन्धित विभागले आवश्यक निर्देशन जारी गरेको थिएन। जसले गर्दा मौद्रिक नीतिमा घोषण गरिएका विषय कार्यान्वयनमा अन्यौता थियो।

राष्ट्र बैंक नियमन विभागले शुत्रबार ‘घ’ वर्गका संस्थाहरुका लागि एकीकृत निर्देशन, २०८२ जारी गर्दै कार्यान्वयनको बाटो खुला गरेको हो। जारी एकीकृत निर्देशनमा भनिएको छ, ‘लघुवित्त वित्तीय संस्थाले पुँजी वृद्घि एवम् पुँजी संरचना परिवर्तन गर्न चाहेमा यस बैंकको स्वीकृति लिई गर्न सक्ने छन्।’

यद्यपि, राष्ट्र बैंकले यस सम्बन्धमा आवश्यक शर्तहरु तोक्न व्यवस्था भने कगरिएको छ। यस्तै, नयाँ निर्देशिकामार्फत् केन्द्रीय बैंकलाई पहिलो पटक स्वःमूल्यांकनको आधारमा कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण गर्न पाउने व्यवस्था गरेको छ। यसअघि लघुवित्तहरुले निश्चित समयका लागिमात्रै कर्जाको पुनर्संरचना र पुनर्तालिकीकरण पाइरहेका थिए।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *