काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन प्रहरी भर्नामा १ लाख ७२ हजार ८७७ जनाको आवेदन परेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी अबिनारायण काफ्लेका अनुसार देशभरबाट १ लाख ३३ हजार ९८० जना माग गरिएकोमा सोभन्दा बढी आवेदन प्राप्त भएका हुन्।
यद्यपि, ३६ जिल्लामा मागभन्दा कम आवेदन परेकाले ती जिल्लामा पुनः दुई दिन म्याद थप गरी आवेदन आह्वान गरिएको उनले बताए।
निर्वाचन प्रहरीका लागि आवेदन पुस २४ गतेदेखि खुला गरिएको थियो भने बिहीबारसम्म अन्तिम मिति तोकिएको थियो।
यता, सशस्त्र प्रहरीले पनि निर्वाचन सुरक्षा प्रहरीका लागि छुट्टै भर्ना आह्वा गरेर अहिले आवेदन लिइरहेको छ ।
Artha Sanjal






