रोकेर राखेको रास्वपा केन्द्रीय सदस्य परियारको गाडी तोडफोड

काठमाडौं । गोरखामा रोकेर राखिएको अवस्थामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय सदस्य प्रकाशचन्द्र परियारको गाडी तोडफोड गरिएको छ। भिमसेन थापा गाउँपालिका–३ मा गए राति अज्ञात व्यक्तिले गाडीको पछाडिको सिसा फुटाएका हुन्।

जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी राजकुमार श्रेष्ठका अनुसार गाडी पार्किङ अवस्थामा थियो। घटनाबारे परियारले प्रहरीलाई जानकारी गराएका छन् र तोडफोड गर्नेबारे अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *