नेशनल लघुवित्तको साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभांश पारित

काठमाडाैं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको बाह्रौ बार्षिक साधारणसभा बनेपास्थित अरनिको पार्टी प्यालेसमा पुस ३० गते सम्पन्न भएको छ ।

सञ्चालक समितिका अध्यक्ष केशवप्रसाद आचार्यको अध्यक्षतामा बसेको साधारण सभाले आव २०८१/८२ को नाफाबाट सेयरधनीहरुलाई कर प्रयोजनसहित १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव सभाले पारित गरेको छ । सभाले आव २०८१/८२ को वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह सहितको बित्तीय विवरणहरु पारित गरेको छ ।

सभामा ८ लाख ७४ हजार ४४३ कित्ता साधारण सेयर प्रिमियममा सम्वन्धित निकायवाट स्वीकृति लिई सार्वजनिक निष्काशनको माध्यमवाट सेयर जारी गरी बोनश सेयर वितरण पश्चात कायम हुने चुक्तापूँजी मध्येबाट संस्थापक समुह तर्फ १० प्रतिशत सेयर नियमनकारी निकायहरुबाट स्वीकृति लिई सर्वसाधारण सेयरमा परिणत गर्ने प्रस्ताव पारित भएको छ ।

संस्थाले ग्राहकको हक हितलाई संरक्षण र सम्वद्र्धन गर्दै उद्यमशिलता विकाश, वित्तीय साक्षरता र प्रबिधिको उच्चतम प्रयोगमा विशेष जोड दिदै अगाडि वढने योजना रहेको जानकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत राम बहादुर यादवले दिए ।

 

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *