खोटाङको चिसापानी बजार सडक निर्माण तीव्र

खोटाङ । जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीस्थित चिसापानी बजारको सडक ढलानको काम तीव्रगतिमा अगाडि बढाइएको छ ।

जिल्लाको दक्षिणी क्षेत्रका स्थानीयको पुरानो तथा प्रगाउँपालिकाको केन्द्रमा पर्ने चिसापानी बजार क्षेत्रभित्रका सडक ढलानका लागि छुट्टाछुट्टै दुईवटा योजना बनाएर काम सुरु गरिएको छ ।

ठेक्का प्रणालीमार्फत सुरु गरिएको दुवै सडक ढलान योजनाको भौतिक प्रगति करिब ४० प्रतिशत सम्पन्न भएको गाउँपालिकाका प्रमुख इन्जिनियर रमेशकुमार यादवले जानकारी दिए ।

चिसापानी बजार ढलानका लागि भ्याटसहित रु एक करोड चार लाख ४२ हजार ३३ तथा गाउँपालिका जाने बाटो ढलानका लागि रु ५९ लाख १३ हजार ७३४ लागतमा ठेक्का लगाइएको छ ।

चिसापानी बजार ढलानको जिम्मा वियान्सा अग्रिम जेभीले लिएको छ भने, गाउँपालिका जाने बाटो ढलानको जिम्मा जेमपिया हिल्स कन्सट्रक्सन प्रालिले लिएको प्रमुख इन्जिनियर यादवले जानकारी दिए ।

मुख बजारमध्येमा पर्ने चिसापानी बजारको सडक ढलान हुने भएपछि लामो समय पश्चात मुहार फेर्न लागेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *