काठमाडौं। कुमारी बैंकको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। बैंकले गत आवको मुनाफाबाट सेयरधनीलाई लाभांश भने घोषणा गरेको छैन।
साधारणसभाले आव २०८१/८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदनसहित आव २०८१/८२ असारसम्मको वासलात, नाफा–नोक्सान हिसाबलगायतका वित्तीय विवरण पारित गरेको बैंकले जनाएको छ।
हाल बैंकले देशभर ३०२ शाखा, ३१६ एटीएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित इकाइमार्फत बैंकिङ सेवा दिँदै आएको छ।
बैंकले आगामी दिनमा अझ सरल, सुलभ तथा उत्कृष्ट डिजिटलाइज्ड बैंकिङ सेवा उपलब्ध गराइने बताएको छ।
Artha Sanjal






