आज बिदाका दिन पनि प्रभु बैंकका १२ शाखा खुला रहने, कहाँ-कहाँ खुल्छन् ?

काठमाडौं । प्रभु बैंक लिमिटेडले आज माघे संक्रान्तिका अवसरमा परेको सार्वजनिक बिदाका दिन पनि आफ्ना विभिन्न १२ वटा शाखा कार्यलयबाट सेवा प्रवाह गर्ने भएको छ।

बैंकका अनुसार बिहान १० बजेदेखि दिउँसो १ः३० बजेसम्म ती शाखाबाट अत्यावश्यक बैंकिङ सेवा उपलब्ध हुनेछन्।

यी हुन् आज खुला रहने शाखाहरूः बबरमहल (मुख्य शाखा), काठमाडौं जनकपुर शाखा, धनुषा पोखरा शाखा, कास्की इटहरी शाखा, सुनसरी कमलाडी शाखा, काठमाडौं विराटनगर शाखा, मोरङ वीरगञ्ज शाखा, पर्सा ललितपुर शाखा, ललितपुर भक्तपुर शाखा, भक्तपुर भैरहवा शाखा, रुपन्देही नेपालगञ्ज शाखा, बाँके धनगढी शाखा, कैलाली उक्त शाखाहरुबाट नगद जम्मा–भुक्तानी, रेमिट्यान्स, चेक क्लियरिङ तथा अन्य नियमित बैंकिङ सेवा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

साथै, ग्राहकले थप जानकारी बैंकको आधिकारिक माध्यमबाट लिन सक्ने बैंकले जनाएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *