काठमाडौँ — नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनले गगन थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
भृकुटीमण्डपमा जारी महाधिवेशनबाट सभापति, उपसभापति, महामन्त्री र सहमहामन्त्रीसहितका पदाधिकारीहरू निर्विरोध निर्वाचित भएका हुन् ।
महाधिवेशनले पार्टी सभापतिमा गगन थापालाई चयन गरेको छ । उपसभापतिमा विश्वप्रकाश शर्मा र पुष्पा भुसाल चयन भएका छन् । महामन्त्रीमा गुरु घिमिरे र प्रदीप पौडेल निर्वाचित भएका छन् ।
यसैगरी सहमहामन्त्रीमा महिला कोटाबाट डिला संग्रौला पन्त, खस–आर्यबाट उदयशमशेर राणा, मधेसी कोटाबाट मुक्ता कुमारी यादव र दलित कोटाबाट प्रकाश रसाइली (स्नेही) चयन भएका छन् ।
आदिवासी जनजाति कोटाबाट बहादुर सिंह लामा, मुस्लिम कोटाबाट फरमुल्लाह मन्सुर, थारू कोटाबाट योगेन्द्र चौधरी र पिछडिएको क्षेत्रबाट कर्ण बूढा सहमहामन्त्रीमा सर्वसम्मत चयन भएका छन् ।






