सिटिजन्स लाइफद्वारा काठमाडौं इन्स्टिच्युटलाई बाल अस्पताल निर्माण गर्न आर्थिक सहयोग

काठमाडौं। सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थबीच बाल अस्पताल निर्माण गर्न सहकार्य गर्ने सम्झौता भएको छ।

सहकार्यमा सिटिजन्स लाइफका तर्फबाट अध्यक्ष प्रदीप जंग पाण्डेले हस्ताक्षर गरेका थिए। यस्तै, काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थका तर्फबाट संस्थापक अध्यक्ष प्रा.डा. भगवान कोइरालाले हस्ताक्षर गरेका थिए।

दुई पक्षबीच सम्झौताअनुसार अस्पताल निर्माणका लागि सिटिजन्स लाइफले पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको हो।

काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ नाफारहित संस्था हो। जसले नेपालमा ‘बाल स्वास्थ्य सेवा सहज, पहुँचयोग्य र किफायती बनाउने’ रहेको छ। यो अस्पताल काठमाडौं बूढानीलकण्ठ नगरपालिका ७ बन्दै छ।

कूल २०० शैयाको बाल अस्पताल निर्माण गर्ने कार्य जारी रहँदा विभिन्न संघसंस्थाबाट सहयोग हुँदै आएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *