कामना सेवा विकास बैंकद्वारा लम्की मानव सेवा आश्रमलाई न्यानो सामग्री वितरण

काठमाडाैं । कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय लम्की मार्फत लम्की मानवसेवा आश्रम, कैलालीका असहाय, बेसाहारा तथा संरक्षणविहीन वृद्धआमाबुबा र टुहुरा बालबालिकालाई न्यानो सामग्री वितरण गरेको छ ।

बैंकको लम्की शाखा प्रमुख भिम राज जैसीले लम्की मानवसेवा आश्रम, कैलालीका सञ्चालक विनोद थापालाई ब्लाङकेट, म्याट्रेस, सिरक तथा अन्य चिसो मौसमका लागि आवश्यक न्यानो सामग्री वितरण गरे । बैंकका लम्की शाखा प्रमुख जैसीले बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएको सो कार्यक्रम लम्की मानव सेवा आश्रमलाई महत्वपुर्ण सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

यसरी जाडोयाममा न्यानो सामग्री वितरण भएकोमा आश्रमका बेसाहारा वृद्ध तथा बालबालिकाहरुको जीवनमा न्यानोपन, सुरक्षा तथा आत्मबल थपिने विश्वास सञ्चालक थापाले खुशी व्यक्त गरी यस मानवीय पहलप्रति आभार व्यक्त गदैं बैंकलाई धन्यवाद ज्ञापन गरे ।

उक्त वितरण कार्यक्रममा बैंकका कर्मचारी, मानवसेवा आश्रमका महानुभावहरु तथा स्थानीयको उपस्थिती रहेको थियो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *