प्रधानन्यायाधीश राउत गत सोमबारदेखि उपचाररत

काठमाडौं । प्रकाशमान सिंह राउत सशस्त्र प्रहरी अस्पतालमा गत सोमबारदेखि उपचाररत छन् ।

प्रधानन्यायाधीश राउत गत सोमबार बलम्बु स्थित सशस्त्रको अस्पतालमा भर्ना भएका हुन् ।

उनलाई ज्वरो र पेट दुख्नकासाथै अक्सिजनको लेभल पनि कम भएको अस्पतालले जनाएको छ ।

उनी आज तेस्रो दिन पनि अस्पतालमा छन् । चिकित्सकहरुका अनुसार अझै केहीदिन उनी अस्पताल बस्नुपर्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *