काठमाडाैं। नेपाली बजारमा सुनको मूल्यले प्रतितोला एक हजार ५०० रुपैयाँले बढेकाे छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ७८ हजार रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार सुन प्रतितोला २ लाख ७६ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला ३१५ रुपैयाँले बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ५ हजार ६५५ रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार भने चाँदी प्रतितोला ५ हजार ३४० रुपैयाँमा खरिद–बिक्री भएको थियो।







