जनउत्थान लघुवित्तले यो वर्ष पनि लाभांश वितरण नगर्ने

काठमाडौं। जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । यही पुस २६ गते बसेको लघुवित्त सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने र सोही अनुसारको वित्तीय विवरण स्वीकृतीको लागि नेपाल राष्ट्र बैंक पठाउने निर्णय गरेको हो ।

यो लघुवित्तले अघिल्लो आर्थिक वर्षमा पनि लाभांश वितरण गरेको थिएन । नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त जनउत्थान सामुदायिक लघुवित्त १९ जिल्ला कार्यक्षेत्र भएको लघुवित्त हो ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *