गालीबेइज्जती मुद्दामा महेश बस्नेत र दुर्गा प्रसाई दुवै दोषी ठहर

काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेत र अभियन्ता दुर्गा प्रसाईबीच एक–अर्काविरुद्ध दायर गरिएको गालीबेइज्जती सम्बन्धी मुद्दामा अदालतले दुवै पक्षको दाबी पुग्ने फैसला गरेको छ ।

भक्तपुर जिल्ला अदालतका न्यायाधीश नवराज दाहालको इजलासले सोमबार बस्नेत र प्रसाईले एक–अर्काविरुद्ध दायर गरेको मुद्दामा मागबमोजिम दाबी पुग्ने ठहर गरेको हो । यद्यपि, उनीहरूलाई कस्तो सजाय हुने भन्ने विषयमा भने फैसलामा स्पष्ट गरिएको छैन ।

बस्नेतले २०८० कात्तिक १७ गते प्रसाईविरुद्ध र प्रसाईले कात्तिक ११ गते बस्नेतविरुद्ध गालीबेइज्जतीको मुद्दा दायर गरेका थिए । दुवै पक्षले कैद र जरिवाना सजायको माग गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *