नाडेप लघुवित्तको नाफामा ५०% को गिरावट

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म गत वर्षभन्दा ४९.९८% कम खुद नाफा गरेको छ । गत वर्ष यस अवधिसम्म रू. ११ करोड ३७ लाखभन्दा बढी खुद नाफा गरेको कम्पनीले यस वर्ष रू। ५ करोड ६९ लाखभन्दा बढी मात्र खुद नाफा भएको हो ।

गत वर्षको तुलनामा यस वर्ष सम्भावित जोखिम शिर्षकमा ५४‍‍.९८% बढी रकम छुट्याएकाले पनि यस वर्ष कम्पनीको सञ्चालन नाफा ५१.२०% घटेको छ । कम्पनीले यस वर्ष सम्भावित जोखिम शिर्षकमा रू. ६ करोड ६९ लाखभन्दा बढी रकम छुट्याएको हो । गत वर्ष यो रकम रू. ४ करोड ३२ लाखभन्दा बढी थियो ।

२०% बोनस शेयर मार्फत यस वर्ष चुक्तापूँजी बढाएर रू. ४८ करोड ५७ लाख ६० हजार पु¥याएको कम्पनीको जगेडा कोष रकम पनि ३.४०% बढेर रू. ३३ करोड ७९ लाखभन्दा बढी कायम भएको छ ।

कम्पनीले गत वर्षभन्दा २ दशमलव ५२ प्रतिशत बढी रू। २ अर्ब १२ करोड ७४ लाख कर्जा सापटी लिएको छ । गत वर्षभन्दा १३.८६% बढी रू। १ अर्ब ७१ करोड ८७ लाख निक्षेप संकलन गरेको कम्पनीले ११.६५% बढी रू. ४ अर्ब ८७ करोड ११ लाख कर्जा प्रवाह गरेको छ ।

गत वर्ष ५.७४% रहेको निष्क्रिय कर्जा यो वर्ष ४.९२% झरेको छ । वार्षिक प्रतिशेयर आम्दानी रू. १५.६२  रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ रू. १६९.५७ रहेको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *