जन्मदिनमा जीवन बीमा: धामीले लिए रिलायबल लाईफको १५ लाखको पोलिसी

काठमाडौँ । सुदूरपश्चिम प्रदेश कञ्चनपुरको पुनर्बास नगरपालिका–८ का दल बहादुर धामीले आफ्नो जन्मदिनको अवसर पारेर जीवन बीमा गरेका छन्। धामीले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट १५ लाख रुपैयाँ बीमाङ्कको जीवन बीमा पोलिसी खरिद गरेका हुन्।

विगत सात वर्षदेखि बीमा अभिकर्ताको रूपमा सक्रिय धामीले बीमालाई भविष्य सुरक्षाको भरपर्दो माध्यमका रूपमा लिँदै आएको बताए। उनका अनुसार उनले अहिलेसम्म आफ्नै परिवारसहित करिब पाँच सय जनालाई बीमाको दायरामा ल्याइसकेका छन्।

धामीले जन्मदिनलाई औपचारिक कार्यक्रमभन्दा बचत र सुरक्षासँग जोड्न चाहेकाले बीमा पोलिसी खरिद गरेको बताए। कार्यक्रममा रिलायबल नेपाल लाइफका शाखा प्रमुख शंकर जैशी र प्रदेश प्रमुख चन्द्र बिष्टले बीमाको महत्वबारे चर्चा गर्दै धामीलाई शुभकामना व्यक्त गरे। बीमाप्रति आम नागरिकको आकर्षण बढ्दै गएको सन्दर्भमा धामीको कदमले बीमा संस्कृतिलाई प्रवर्द्धन गर्ने विश्वास व्यक्त गरिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *