सूर्यदर्शन सहकारी ठगी प्रकरणः तारिख बुझ्न रवि लामिछाने पोखरामा

पोखरा। पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा तारिख बुझ्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पोखरा आइपुगेका छन्। उनी जिल्ला अदालत कास्कीमा उपस्थित भई तारिख बुझ्ने प्रयोजनका लागि पोखरा आएका हुन्।

यसअघि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा धरौटीमा रिहा भएका लामिछाने अन्य प्रतिवादीहरूको म्याद एकै मितिमा मिलाउन अदालतमा उपस्थित भएको अदालतले जनाएको छ। जिल्ला अदालत कास्कीका सूचना अधिकारी रामबहादुर किसानका अनुसार अबदेखि यस मुद्दामा संलग्न सबै प्रतिवादीको तारिख एउटै मितिमा तोकिनेछ।

रवि लामिछाने २०८१ कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए। त्यसपछि जिल्ला अदालत कास्कीले पुस २५ गते ६५ लाख रुपैयाँ धरौटीमा उनलाई रिहा गर्ने आदेश दिएको थियो।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *