काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने राजनीतिक दलको संख्या ९ पुगेको छ। आयोगका अनुसार साँझ ५ बजेसम्म ९ दलले बन्दसूची पेस गरेका छन्।
नेपाल मजदुर किसान पार्टी, नेपाल लोकतान्त्रिक पार्टी, राष्ट्रिय जनमोर्चालगायतका दलहरूले समानुपातिक उम्मेदवारको बन्दसूची आयोगमा बुझाइसकेका छन्।
आज उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम दिन हो ।

Artha Sanjal






