काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
देउवालाई भेट्न अध्यक्ष ओली र महासचिव शंकर पोखरेल देउवा निवास महाराजगन्ज पुगेका हुन्। भेटमा राजनीतिक अवस्था, महाधिवेशनपछि आएको एमाले, निर्वाचनका विषयमा छलफल हुने बताइएको छ ।
यी दुवै पार्टी सरकारले निर्वाचनको वातावरण नबनाएको भन्दै माहौल बने निर्वाचनमा जाने बताउँदै आएका छन् । साथै, विघठित प्रतिनिधि सभा पुनस्थापना गरी बन्ने सरकारले निर्वाचन गराउनुपर्ने समेत उनीहरुको भनाई छ। दुवै दलले संसद् पुनर्स्थापनाका लागि सर्वोच्चमा रिट समेत दायर गरेका छन् ।







