नेप्सेले बोलायो साधारणसभा, ८५ प्रतिशत लाभांश वितरण गर्ने

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले वार्षिक साधारणसभा बाेलाएकाे छ । कम्पनीको सभा पुस २९ गते मंगलबार नेप्सेको कार्यालय युएनआई शान्ति मार्ग काठमाडौंमा बिहान ११ बजेदेखि ४४औँ वार्षिक सभा गर्ने भएको छ ।

कम्पनीले चुक्ता पुँजीको ८५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ । गत शुक्रबार बसेको ११४७औँ बैठकले नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

कम्पनीको हाल चुक्ता पुँजी १ अर्ब रुपैयाँ बराबरको छ । जसमा ८५ करोड रुपैयाँ नगद लाभांश वितरण गर्ने भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *