पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नयाँ पुस्तालाई नेतृत्वमा ल्याउने कुरा अन्य पार्टीले बोल्ने मात्र तर गरेर नदेखाएको बताएका छन् ।

शुक्रबार आयोजित नेकपा एमालेको केन्द्रीय कमिटिको प्रथम बैठकलाई सम्बोधन गर्दै उनले नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ भनेर अरुले कुरा मात्र गर्ने भन्दै एमालेले त्यो काम गरेर देखाएको बताए ।

पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा नभएको भन्दै यो कुनै सानो कुरा नभएको उनको भनाई छ ।

उनले भने, ‘नेतृत्वमा केही नयाँ पुस्तालाई पनि ल्याउनुपर्छ भनेर अरुले कुरा गर्छन् । हस्तान्तरण पुस्तान्तरणका कुरा गर्छन् अरुले हामी कामबाट देखाउछौँ । हामीले देखाएका पनि छौँ । हामी भित्र यस्तो सन्तुलनकारी केन्द्रीय कमिटि छ । नयाँ पुस्ता पनि भरपूर छ, महिलाहरुको राम्रो सहभागिता छ । यत्रो पार्टीको केन्द्रीय कमिटिको सदस्यमा जेनजी पुस्ता अटाउनु भनेको सानो कुरा होइन ।’

यस्तै, उनले देश जटिल अवस्थालाई सजिलो अवस्थामा पु¥याउने अभिभारा पार्टीको काँधमा रहेको भन्दै नेकपा एमाले बाहेक यो काम कसैले गर्न नसक्ने बताए ।

उनले भने, ‘देश जटिल अवस्थामा छ, यो अवस्थालाई सजिलो अवस्थामा पु¥याउने अभिभारा हाम्रो पार्टीको काँधमा छ । हामी गर्छौं, नत्र कसले गर्छ त यो देशमा, नेकपा एमाले बाहेक बोल्न सक्ने बोल्ने अर्को कुनै शक्ति नै देखिएन् नत प्रजातन्त्रको हरण हुँदा एउटा बाहानाबाजी बनाइयो । त्रासतिपूर्ण अवस्था निर्माण गरेर लोकतन्त्र मास्ने काम भयो, प्रतिनिधिसभा विघटन गरेर सर्त राखेर अगाडि बढ्ने काम भयो, अर्थात सुयोजित तरिकाले प्रजातन्त्रको विरुद्ध भयानक षडयन्त्र भयो ।’

एमालेमा कसैले बोल्नै पाउँदैन्, त्यहा केपी ओलीको अधिनायकवाद चल्छ, तानाशाही चल्छ, कसैले आँखामा आँखा जुधाएर बोल्नै सक्दैँन् भन्ने खालका हल्ला चलाउने गरेको पनि उनको भनाई छ ।

उनले भने, ‘एमालेमा कसैले बोल्नै पाउँदैन्, त्यहा केपी ओलीको अधिनायकवाद चल्छ, तानाशाही चल्छ, कसैले आँखामा आँखा जुधाएर बोल्नै सक्दैँन् भन्ने खालका हल्ला चलाउने गरेको पाइन्छ । आलोचनात्मक चेत हराएका झोलेहरु एमालेमा बस्छन् भन्ने कुरा गर्छन् । नत्र तीनिहरुले विरोध गरि हाल्थे नि खोई केपी ओलीको विरुद्धमा बोलेको भनेर पनि भन्छन् केपी ओलीले विरोध गर्नुपर्ने कुनै काम नै गर्दैन के भनेर विरोध गर्ने हो ।’

उनले नेकपा एमाले साँचो कम्युनिष्ट पार्टी भएको भन्दै यो झण्डा ओडेर सिंहदरबार जलाउने जस्तो नक्कली आवरण, नक्कली काम गर्ने पार्टी नभएको बताए ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *