काठमाडौं । रिलायन्स स्पिनिङ मिल्सको आईपीओबारे छानबिन गर्न समिति गठन भएको छ । अर्थ मन्त्रालयको निर्देशन बमोजिम नेपाल धितोपत्र बोर्डले तीन सदस्यीय छानबिन समिति गठन गरेको हो ।
उक्त समितिको संयोजनका बोर्ड सञ्चालक समितिमा कानुन मन्त्रालयबाट प्रतिनिधित्व गर्ने सदस्य विनोद कुमार घिमिरे रहेका छन् । बाँकी दुई सदस्यहरूमा आईक्यानबाट प्रतिनिधित्व गर्ने सञ्चालक आनन्दराज शर्मा वाग्ले र विज्ञ सदस्य पीताम्बर भण्डारी रहेका छन् ।
उक्त समितिलाई अर्थ मन्त्रालयको निर्देशन बमोजिम सञ्चार माध्यममा आएका विषयमा छानबिन गर्न भनिएको बोर्डका सहप्रवक्ता तोलाकान्त न्यौपानेले जानकारी दिए ।







