अधिवक्ता स्वागत नेपाललाई ल फर्मबाटै गिरफ्तार गरियो

काठमाडाैँ। प्रहरीले अधिवक्ता तथा राजस‌ंसंथा पक्षधर स्वागत नेपाललाई पक्राउ गरेको छ। उनलाई बेलुका सवा नौ बजेतिर प्रहरीले पक्राउ गरेर काठमाडौँ प्रहरी टेकुको हिरासतमा पुर्‍याएको छ।

उनलाई बागबजारस्थित आफ्नै ल फर्मबाट सादा पाेशाकका प्रहरीले पक्राउ गरेर लगेकाे पत्नी लाेचना शर्माले सामाजिक सञ्जालमा बताएकी छन्।

नेपाल हालै गठित संयुक्त जनआन्दोलन समितिका प्रवक्ता हुन्। यसअघि प्रहरीले राप्रपाका वरिष्ठ उपाध्यक्षद्वय रवीन्द्र मिश्र र धवल शमशेर जबरालाई पनि पक्राउ गरेको छ।

त्यस्तै, आन्दोलनका प्रमुख नवराज सुवेदीलाई पनि सुरक्षाकर्मीले घरमै नजरबन्दमा राखेको छ।

पत्नी लोचनाका अनुसार नेपाललाई प्रहरीले टेकु लैजाँदा आफू पनि पछिपछि गएको तर प्रहरीले भेट्न दिएन। प्रहरीले शुक्रबार राति भेट्न नमिल्ने भनेर आफूलाई फर्काएको लोचनाले सामाजिक सञ्जालमा बताएकी छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *