वाणिज्य बैंकहरुले निक्षेप संकलन घटेको छ । वाणिज्य बैंकहरुमा एक हप्तामै १० अर्ब निक्षेप घटेको हो । बैशाख २ गतेदेखि ९ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुमा १० अर्बले निक्षेप घटेको हो ।
नेपाल बैंकर्स संघको तथ्यांक अनुसार बैशाख २ गतेसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब ७७ अर्ब रुपैयाँ रहेकोमा उक्त निक्षेप घटेर बैशाख ९ गतेसम्म आइपुग्दा ४३ खर्ब ६७ अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा बैंकहरुको कर्जा प्रवाह पनि घटेको छ । बैंकहरुको कर्जा प्रवाह १ अर्ब रुपैयाँले घटेको हो । बैशाख २ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह घटेर बैशाख ९ गतेसम्म आइपुग्दा ४१ खर्ब ९४ अर्ब रुपैयाँ पुगेको छ ।