काठमाडौं । नेपाल सरकारले २०८२ फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि तयार पारेको ‘प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना, २०८२’ अनुसार सशस्त्र प्रहरी बल, नेपालले आफ्नो परिचालन नीति तर्जुमा गरेको छ।
सशस्त्र प्रहरी बलले तोकिएको जिम्मेवारी त्रुटिरहित ढङ्गबाट पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउनका लागि स्रोत र साधनको अधिकतम प्रयोग गरी प्रभावकारी परिचालन गर्ने बताएको छ।









