कुमारी बैंकको सय गुणासम्म रकम वृद्धि गर्ने रिकरिङ निक्षेप योजना : अब केही दिन मात्र बाँकी

कुमारी बैंक लिमिटेडले ल्याएको प्रारम्भिक बिज रकमलाई छोटो समयमै पाँच देखि सय गुणा वृद्धि गर्ने विशेष ‘धनबृद्धि रिकरिङ्ग मुद्दती’ योजना केहि दिन मात्र बाँकी रहेको छ। व्यक्तिगत पुंजि निर्माण गर्न रिकरिङ्ग निक्षेप सबैभन्दा राम्रो विकल्पको रुपमा मानिन्छ।

कुमारी बैंकले विश्वव्यापी रुपमा प्रचलनमा रहेको एस आई पी(SIP) अवधारणामा सो योजना नेपाली आम निक्षेपकर्ता माझ ल्याएको हो ।

नेपालीको वित्तीय क्षेत्रमा यस प्रकारको योजना ल्याउने कुमारी बैंक पहिलो बैंक रहेको छ। यस आवर्ती (recurring) योजना अन्तर्गत, प्रारम्भिक बिज रकमको १० प्रतिशतको हिसाबले प्रत्येक महिना ग्राहाकको बचत खाताबाट सो मुद्दती खातामा रकम जम्मा हुने प्रावधान रहेको छ ।

यस योजनाबाट न्यूनदेखि उच्च आय वर्ग सबैलाई सुरक्षित भविष्यको आधार निर्माण हुने कुरामा बैंक विश्वस्त छ । यो योजना आश्विन १ देखि लागु हुने बैंकले जनाएको छ ।

सम्भवत, यस दशक कै अधिकतम ब्याजदर, तथा छोटो अवधिमा निक्षेप रकम ५, १०, १५, ५०,१०० गुणा वृद्धि गर्ने मौका कुमारी बैंकको यस खाता ले प्रदान गर्दै आएको छ।

ग्राहकहरुले आफ्नो चाहना तथा भविष्यको आवश्यकता अनुसार न्युनतम दस हजारदेखि पच्चीस लाखसम्म प्रारम्भिक बिज रकम जम्मा गरि निम्न अनुसारको धनबृद्धि लक्ष्य प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *