काठमाडौं । भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनलाई वैधानिकता दिन नेपाल सरकार र जेनजी प्रतिनिधिबिच आज औपचारिक सम्झौता हुने भएको छ।
सम्झौतामा हस्ताक्षर कार्यक्रम आज साँझ ६ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सगरमाथा हलमा आयोजना गरिएको प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयले जनाकारी दिएको छ ।







