प्रधानमन्त्रीलाई दुर्गा प्रसाईंले दिए मूर्ति उपहार

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले प्रधानमन्त्री सुशीला कार्कीलाई दुर्गाको मूर्ति उपहार दिएका छन् ।

आफ्ना विभिन्न मागसहित सोमबार वार्ताका लागि सिंहदरबार पुगेका प्रसाईंले सो क्रममा प्रधानमन्त्री कार्कीलाई मूर्ति उपहार दिएका हुन् ।

नागरिक बचाउ दलका संरक्षक तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानका संयोजक समेत रहेका प्रसाईंले सरकारसँग राखेका २७ बुँदे मागका मुख्य बुँदाहरूबारे प्रधानमन्त्री कार्की र गृहमन्त्री अर्यालसँग छलफल भएको छ ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *