काठमाडौं । आज साताको दोस्रो दिन शेयर बजार सामान्य घटेको छ । नेप्से परिसूचक ३.०२ अंकले घटेर २६०६.६७ को विन्दुमा बन्द भएको छ । आज ३३१ कम्पनीको शेयर किनबेच हुँदा ४ अर्ब ६६ करोडको शेयर कारोबार भएको छ । आज ९९ कम्पनीको शेयर मूल्य बढेको छ भने १४७ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावर लिमिटेडको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५५ करोड ८६ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सागर डिस्टिलरीको २३ करोड ९७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै उपर स्याङ्गे हाइड्रोपावर, झापा इनर्जी, स्वस्तिक लघुवित्त र श्रीनगर एग्रिटेकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । यि चार कम्पनीका लगानीकर्ता १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले गुमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले ५.१६ प्रतिशतका दरले गुमाएका हुन् ।







