कान्ति राजमार्ग मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने

काठमाडौं । कान्ति राजमार्ग सडक यही मंसिर २० गतेदेखि ६० दिनसम्म बन्द हुने भएको छ ।

कान्ति राजमार्ग सडक योजना ललितपुरका सूचना अधिकारी एवम् इन्जिनियर उपेन्द्र महरानका अनुसार राजमार्ग स्तरोन्नतिका लागि भित्ता काट्ने काम भइरहेको छ ।

त्यसैले मंसिर २० गतेदेखि ६० दिनसम्म बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म सवारी आवागमन बन्द गर्न लागिएको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *