‘एनआई ३१’ का इकाइहरूको कारोबार खुला

काठमाडौं । नबिल म्युचुअल फन्डअन्तर्गतको दोस्रो खुलामुखी योजना ‘एनआई ३१’ योजनाका इकाइहरूको खरिद–बिक्री कार्य सुरु भएको छ ।

नबिल बैंक लिमिटेड कोष प्रवर्द्धक रही नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको योजना व्यवस्थापनमा सञ्चालित एनआई ३१ का इकाइहरूको खरिद–बिक्री सोमबारबाट सुरु भएको छ ।

यो योजनाअन्तर्गतको व्यवस्थित लगानी योजना (एसआइपी)मा दर्ता हुन चाहने लगानीकर्ताहरूले सोही दिनदेखि लागू हुने गरी दर्ता गर्न सकिने कम्पनीले जनाएको छ ।

एनआई ३१ का इकाइहरू काठमाडौंको नक्साल, नारायणचौरस्थित सेन्ट्रल प्लाजामा रहेको नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेडको कार्यालय तथा कम्पनीको आधिकारिक वेबसाइटमार्फत खरिद–बिक्री गर्न सकिन्छ ।

इच्छुक लगानीकर्ताहरूले एसआइपीमार्फत पनि एनआई ३१ मा लगानी गर्न सक्नेछन्। त्यस्ता व्यक्तिले आफ्नो इच्छाअनुसार मासिक, त्रैमासिक, अर्धवार्षिक वा वार्षिक अवधिको न्यूनतम एक हजारमा एसआइपीमार्फत एनआई ३१ मा लगानी गर्न सक्ने कम्पनीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *