काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड र आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेडबीच प्रति इकाई मूल्य १० रुपैयाँ रहेका क्रम संख्या १ देखि १२,५०,००,००० सम्मका कुल १२ करोड ५० लाख इकाई ‘आरबिवी फोकस ४०’ सामूहिक लगानी कोष सूचीकरण सम्झौता भएको छ।
कम्पनीले सर्वसाधारण समक्ष आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड मार्फत् सामूहिक लगानी कोष इकाई खुल्ला विक्री आव्हान गरेको थियो। यसरी वितरण गरिएको १२,५०,००,००० सामूहिक लगानी कोष इकाई वितरण भई धितोपत्र सूचीकरण विनियमावली २०७४ बमोजिम आज नेप्सेमा सूचिकृत गरिएको हो।
नेप्सेमा सूचीकरण पूरा भएसँगै आरबिवी फोकस ४० म्युचुअल फण्डको कारोबार आगामी मंसिर २१ गतेदेखि सुरु हुने नेप्सेले जनाएको छ।







