सिद्धार्थ बैंककाे कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा बस्याल नियुक्त

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडको कायममुकायम (कामु) प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा रामेश्वर प्रसाद बस्याल नियुक्त भएका छन् ।

मंसिर १६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले बस्याललाई कामु सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई मंसिर २७ गतेदेखि लागू हनेगरी कामु सीईओ पदको जिम्मेवारी प्रदान गरिएको हो । उनी हाल बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत छन् ।

बैंकका प्रमुख कार्यकारी अधिकृत सुन्दर प्रसाद कंडेलको ४ वर्षे कार्यकाल आगामी मंसिर २६ गते समाप्त हुँदैछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *