बढ्यो सुनको मूल्य

काठमाडाैं। नेपाली बजारमा सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ५४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन अर्थात मंगलबार छापावाला सुन प्रतितोला २ लाख ५३ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, यसदिन चाँदीको मूल्य तोलामा ११० रुपैयाँले बढेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६५५ रुपैयाँमा खरिद बिक्री भईरहेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार ५४५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *