प्रभु महालक्ष्मी लाइफको ६ लाख कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयरधनी एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको स्वामित्वमा रहेको ५ लाख ९४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ।

संस्थापक शेयरधनी एनआरएनले आफूले धारण गरेको उक्त शेयर बिक्री गर्न सञ्चालक समितिमा निवेदन दिएकाले कम्पनीले शेयर बिक्रीमा राखेको हो। हाल बीमकको संस्थापक शेयर कारोबार सम्बन्धी निर्देशिका, २०७७ को निर्देशन नम्बर ११ बमोजिम कम्पनीकै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै यो शेयर किन्न सक्नेछन्।

इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित प्रभु महालक्ष्मी लाइफको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ।

तोकिएको समयावधिभित्र संस्थापक शेयरधनीहरूबाट निवेदन प्राप्त नभएमा बाँकी शेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अघि बढाइने कम्पनीले जानकारी दिएको छ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *