नेप्सेमा दुई बैंककाे झन्डै ५० लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाडाैं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज दुई बैंकका बोनस सेयर सूचीकृत भएका छन्। माछापुच्छ्रे बैंक र ग्रीन डेभलपमेन्ट बैंकको कुल ४९ लाख ५८ हजार ३०८ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

जसमध्ये माछापुच्छ्रे बैंकको ४ प्रतिशत अर्थात ४६ लाख ४८ हजार ५४३ कित्ता र ग्रीन डेभलपमेन्ट बैंकको ५.७५ प्रतिशत अर्थात ३ लाख ९ हजार ७६५ कित्ता बोनस सेयर सूचीकृत भएको हो । दुवै बैंकले गत आवका लागि आफ्ना सेयरधनीहरुलाई प्रदान गरेको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा सूचीकृत भएसँगै अब आगामी कारोबारदेखि दुवै बैंकको बोनस सेयर दोस्रो बजारमा कारोबार गर्न मिल्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *