काठमाडाैं । विजय लघुवित्त वित्तीय संस्थाले नेपाल धितोपत्र बोर्डबाट एफपीओ निष्कासनको अनुमति पाएको छ ।
बोर्डले मङ्सिर १४ गते उक्त संस्थालाई अंकित मूल्य १०० रुपैयाँमै एफपीओ निष्कासनको अनुमति दिएको हो ।
संस्थाले अब ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता सेयर निष्काशन गर्नेछ ।
कम्पनीको एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ ।







