प्रधानमन्त्री कार्कीले घटाइन् सचिवालय तथा विज्ञ समूहको आकार, अब ६ जना मात्रै

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आफ्नो सचिवालय तथा विज्ञ समूहको आकार घटाउने निर्णय गरेकी छिन् ।

जसअनुसार अब मुख्य सल्लाहकार, जनसम्पर्क सल्लाहकार, प्रमुख स्वकीय सचिव, प्रेस संयोजक र स्वकीय शाखा अधिकृत (फोटोग्राफर) र जनस्वास्थ्य विज्ञ (अवैतनिक) गरी ६ जना मात्र कायम राखिने भएको छ ।

बाँकी सबै पदको नियुक्ति मिति २०८२ भोलिबाट लागू हुनेगरी खारेज गरेको स्रोतले बताएको छ ।

यसअघि प्रधानमन्त्री कार्कीले २६ जना सचिवालय बनाएर काम गरेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *