काठमाडाैँ। नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत जारी खेलमा चितवन राइनोजले विराटनगर किंग्स समक्ष १ सय ७५ रनको लक्ष्य प्रस्तुत गरेको छ। टस हारेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ७४ रन बनायो।
चितवनका लागि रभि वोपराले ३८ बलमा ६५ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै देव खनालले २८ रन बनाउँदा डेविड मलानले १७ रन बनाएका थिए। त्यस्तै कुशल मल्ल २० रनमा अविजि रहे।
विराटनगरका लागि सन्दीप लामिछाने र मर्चान्ट डि लङले २–२ विकेट लिँदा शुभम रञ्जनले १ विकेट लिएका थिए। विराटनगर आफ्नो चौथो खेलमा अपराजित रहने लक्ष्यमा रहँदा चितवन तेस्रो खेलमा दोस्रो जितको खोजीमा रहेको छ।







