निजामती क्षेत्रमा अर्यालको योगदान अनुकरणीय छ: प्रधानमन्त्री कार्की

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले निजामति क्षेत्रमा मुख्यसचिव एकनारायण अर्यालले दिएको योगदान अनुकरणीय रहेको बताएकी छन् । बुधबारदेखि अनिवार्य अवकाशमा जान लागेका मुख्यसचिव अर्यालको बिदाइका लागि मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।

अर्यालको मेहनत, समर्पण र प्रशासनिक नेतृत्व उच्च उदाहरणका रूपमा स्थापित भएको उनको भनाइ छ । अर्यालले आफ्नो लक्ष्यप्रति देखाएको प्रतिबद्धता, कार्यशैलीमा देखिएको अनुशासन र दीर्घ अनुभवले निजामति सेवामा महत्त्वपूर्ण छाप छोडेको उनले बताइन् ।

Artha Sanjal

Leave a Reply

Your email address will not be published. Required fields are marked *