काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गत मंगलबारको खेलमा ब्याटिङ नचल्दा लुम्बिनी लायन्सले काठमाडौं गोर्खाजसँग हार बेहोरेको छ । काठमाडौंले लुम्बिनीसँग २२ रनको जितको निकालेको हो । टस जितेर काठमाडौंले दिएको १५८ रनको लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा उत्रिएको लुम्बिनी १९ ओभर १ बलमा सबै विकेट गुमाउँदै १३५ रनमा समेटिएको हो ।
यससँगै काठमाडौंले चार खेलमा दुई हार र दुई जित हात पारेको छ । यसअघि काठमाडौंले विराटनगर किङस र सुदूरपश्चिम रोयल्ससँग हारेको थियो भने जनकपुर बोल्ट्स जितेको थियो । यो लुम्बिनीको तेस्रो खेलमा दोस्रो हार हो । यसअघि लुम्बिनीले कर्णाली याक्ससँग खेल हारेको थियो भने चितवन राइनोजसँग जितेको थियो ।
आजको खेलमा लुम्बिनीको ब्याटिङ नचल्दा नतिजा काठमाडौंको पक्षमा आएको हो । ७ विकेट झरेपछि क्रिजमा गएका शेर मल्ले ब्याटिङ उकास्ने प्रयास गरे । उनले ११ बलमा ३४ रन एक चौका र ४ छक्का प्रहार गरे । उनी नै लुम्बिनीका सर्वाधिक रनकर्ता हुन् । लुम्बिनीबाट दोस्रो सर्वाधिक २५ रन दिलीप नाथले जोडे । उनले ३३ सामना गरेका गर्दा १ चौका र १ छक्का प्रहार गरे । ओपर डीुआर्सी सर्टले २२ रन जोडे । उनले ११ बलमा ३ चौका र १ छक्का प्रहार गरेका थिए । कप्तान रोहित पौडेल र गुलबदिन नैबले समान ११–११ रन जोडे ।
लुम्बिनीका अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन् ।






