श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सको लाभांश घोषणा

काठमाडौं । श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्सले गत आर्थिक वर्ष २०८१।८२ का लागि लाभांश घोषणा गरेको छ।

मंसिर ९ गते अपरान्ह ३ बजे बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

उक्त बैठकले गत आवको वितरणयोग्य मुनाफाबाट विद्यमान चुक्तापूँजी १ अर्बको ६.४० नगद लाभांश(कर समेत) प्रदान गर्ने घोषणा गरेको छ ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी ३१ औँ वार्षिक साधारणसभाबाट अनुमोदन गरी वितरण गरिने कम्पनीले जनाएको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *