महेश बस्नेत सवार गाडीमा मसी छ्याप्ने कांग्रेस निकट विद्यार्थी

विराटनगर । मोरङको विराटनगरमा महेश बस्नेत सवार गाडीमा रातो मसी छ्याप्ने नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)मा आवद्ध विद्यार्थी रहेको खुलेको छ ।

आज बिहान प्रहरी भ्यान पछिपछि गुडिरहेको महेश बस्नेत सवार कारमा युवाहरु सडक किनारबाट दगुर्दै गएर रातो मसी फ्याँकेका थिए ।

महेश बस्नेत युवा संघको कोशी प्रदेशस्तरीय भेलामा सहभागी हुन सुनसरी जाने क्रममा एयरपोर्ट लाइनको सडकमा रातो मसी फ्याँकिएको हो ।

मसी फ्याँकिएलगत्तै गाडी रोकिएको थियो र प्रहरी टोलीले दुई युवालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा विराटनगर-२ का १९ वर्षीय अर्पित कुँवर र विराटनगर-१ का २५ वर्षीय सन्जोग गौतम रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *